समाज

रुपन्देहीका एक युवकले यसरी मनाए आफ्नो जन्मदिन

प्रशान्त ज्ञवाली
रुपन्देही : गुल्मी जिल्ला रुरु-गाउँपालिका ५ स्थायी घर भै हाल तिलोत्तमा नगरपालिका २ जानकिनगर बसोबास गर्दै आएका सरोज ज्ञवालीले आफ्नो २८ औ जन्मदिनको अवसरमा रक्तदान गरि, सडकमा भेटिने असहाय र सडकमै भोकै बस्न बाध्य केही मानिसहरुलाइ भोजन खुवाएर मनाएका छन् ।

सडकमा रहि कोहि आफ्नो अत्यन्तै न्यून आर्थिक अवस्थाका कारण भोकै बस्ने त कोहि असहाय अथवा अनाथ भएका कारण मागी खान नै बाध्य भएका केही मानिसहरुलाइ आज ज्ञवालीले भोजन गराइ आफ्नो जन्मदिन मनाएका हुन् । ज्ञवालीको जन्म रुरु-गाउपालिका ५ बम्घामा भएको हो भने हाल उनी व्यापारको शिलशिलामा रुपन्देहीमै बसोबास गर्छन । सानैमा बुवा गुमाएका ज्ञवाली सामाजिक काम गर्न सधै अग्रसर हुनुको साथै अरुलाई पनि प्रेरित गर्ने गर्दछन् ।

“भन्ने गरिन्छ नि रक्तदान जिवनदान, त्यही भावनाको विकासले गर्दा मैले रक्तदान गरेको हुँ । मेरो शरिरबाट निकालिएको एक पोका रगतले कसैको जिन्दगी बचाउन सक्छ भने त्यो भन्दा खुसीको कुरा मेरो लागि अरु केही पनि होइन । विभिन्न शास्त्रहरुमा सुनेको छु भोक मेटाउनु नै सबैभन्दा ठूलो धर्म हो, त्यसैले मैले आर्थिक क्षमताले सकेजतिको भोजन प्रदान गरि उनिहरुको भोक मेटाउने कोशिस गरेको हुँ । जन्मदिनमा फजुल खर्छ गरि विकृति फैलाउनुभन्दा त यो नै उत्तम भयो नि, होइन र? अनाथाश्रम जान्छु भनी सोचेको थिए तर अनाथाश्रममा त सरकारले नै व्यवस्था गरिदिएको छ, यो भन्दा त बाटोमा भोकै बस्ने असहायलाई अलिकती भएपनी सहयोग गर्छु भन्ने हेतुले मैले यो गरेको हुँं । बिहानै रक्तदान गरिसके अब उहाहरुको भोक मेटाउने कोसिस गर्दै छु ।” ज्ञवालीले जागरण पोस्ट सङ्ग भने ।

यस्तो भावना भएका सरोज ज्ञवाली समाजका लागि उदाहरणिय पात्र हुन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button