स्वास्थ्य

पर्सामा १ भारतीयसहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज : पर्सामा आइतबार साँझ थप १ भारतीयसहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्जमा बस्दै आएका १ भारतीयसहित ३५ जनामा आइतबार बेलुकी संक्रमण पुष्टि भएको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ ।
आइतबार संक्रमण पुष्टि भएका ३५ मध्ये वीरगन्ज महानगरपालिका-११ का मात्रै २७ जना छन् ।

यस्तै वीरगन्ज महानगरपालिका १० , १५ र ४ का १/१ जनामा पनि आइतबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर नीरज सिंहले जानकारी दिए ।

वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका १ सेना र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ जना प्रहरीमा पनि संक्रमण भेटिएको छ । पर्साको सुखवा प्रसौनी गाँउपालिका र जीराभवानी गाउँपालिका १/१ जनामा आइतबार संक्रमण पुष्टि भएको डाक्टर सिंहले जानकारी दिए ।

आइतबार साँझ ३५ जनामा संक्रमण पुष्टि भएसंगै पर्सामा संक्रमितको संख्या ५ सय ४२ पुगेको छ । यसअघि शनिबार रातिको परीक्षणमा पनि पर्साका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार राति पनि पर्सामा एक सांसदसहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button