विश्व

एयर इन्डिया विमान दुर्घटना अपडेट- पाईलटको मृत्यु, ४५ यात्रु घाईते

एयर इन्डिया एक्सप्रेसको बिमान भारतीय दक्षिणी शहर केरलामा दुर्घटनाग्रस्त भएको छ ।
दुवईबाट केरलाको बिमानस्थलमा अवतरण गर्ने क्रममा बिमान चिप्लिएको थियो ।

उक्त बिमानमा १ सय ९१ यात्री रहेका थिए । बिमान दुर्घटना हुँदा क्षती भएको बिवरण अहिले सम्म प्राप्त हुन सकेको छैन ।

बर्षाको कारण त्यहा अहिले बाढी र पहिरो जाने क्रम जारी रहेकाले उद्धार कार्यमा समेत कठिनाई भएको भारतीय सचार माध्यमले जनाएका छन ।उक्त दुर्घटनामा बिमान चालकको मृत्यु भएको छ भने ४५ जना यात्री घाईते भएका छन।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button