रुपन्देही : आज राती १२ बजे देखि भदौ ७ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय

जागरणपोस्ट २ भाद्र २०७७, मंगलवार १७:१४

रुपन्देही : कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर विभिन्न गतिविधिहरुमा रोग लगाएको छ ।

संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम विभिन्न गतिविधिमा रोक लगाइएको जिप्रकाले जनाएको छ ।

निषेध गरिएका गतिविधि

-खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न ।

-भीडभाड हुने गतिविधि जस्तै– जात्रा महोत्सव सञ्चालन गर्न ।

-दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु ।

-उद्योग/व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु ।

-चाडपर्व लगायतका धार्मिक सांंस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु ।

-शैक्षिक संस्थाहरु सञ्चालन गर्न ।

-सबै प्रकारका गोष्ठि, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न ।

-फुटपाथ, खुला ठाउँ र ठेला गाडा/साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन गर्न ।

-उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदारको ओसारपसार गर्न ।
टेक अवे बाहेक होटल/रेस्टुराँ सञ्चालन गर्न ।

-वेलहिया नाका बाहेक अन्य नाकाबाट आउजाउ गर्न ।

-निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न (तर, मुख्य राजमार्गहरु सञ्चालनमा रहने)

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६