कर्णाली प्रदेश

कालिकोटमा थप तीन दिन निषेधाज्ञा

कालिकोट : जिल्ला प्रशासन कार्यालय कालिकोटले पुनः तीनका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना संक्रमण न्यूनीकरणका लागि भदौ १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञा अवधिभर अतिआवश्यक बस्तु र सेवा बाहेक अन्य पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

पहिलो पटक भदौ ५ गते बाट सुरु भएको निषेधाज्ञा आज राति १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालयले पुनः तीन दिन निषेधाज्ञा थप गरेको हो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button