कर्णाली प्रदेश

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

सुर्खेत : सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ । चौकुने-६ का सात वर्षीय बालक खगेन्द्र बयकको अरिङ्गालको टोकाइबाट शुक्रवार राती मृत्यु भएको हो ।

बालक घर नजिकै माथिल्लो भावरको नजिक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाई–गोरु चराउन गएका थिए । दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घरमा फर्किएका थिए ।

घरमा फर्किएपछि बालक घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए । त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button