कला साहित्य

कोरोना महामारीको नाममा….

को हो ? के हो ? कसरी आयो
भन्छन् सबैतिर कोरोना छायो ।
जन्तु,जीवाणु, अणु वा परमाणु
थाहै छैन कसैलाई, जीव हो जीवाणु ।

दोष के हो ? आखिरी कस्तो रोष ?
भन्छन् मानवता हरायो, धरती शोक ।
सुर, असुर, दैत्य हो वा दानव
संहार गर्दा सबैतिर, त्राहित्राही मानव।

रोग हो ? शोक हो ? आखिरी किन आयो ?
भन्छन् मनुवाले जिवजन्तुको, प्राण सिध्यायो ।
एशिया, युरोप, अस्ट्रेलिया, वा अमेरिका
लाखौंलाख पासोमा परे बिश्व भरिका।

धर्म हो ? अधर्म हो ? आखिरी कलियुग आयो ?
भन्छ्न सबैतिर कोरोना छायो ।
जीव, जन्तु, बनस्पति, र मानव
मिलेर नबस्दा कोरोना कारण ।

ए कोरोना….

तिमी फूल बनेर आएको भए
विश्व तिम्रो सुगन्धमा हराउथ्यो
तिम्रो सुन्दरतामा रमाउथ्यो

तर तिमी
भाइरस बनेर आयौ
संसारैलाई त्रसित बनायौ
अब त तिमी फर्केर जाऊ
फेरि यहाँ कहिले नआऊ।।

तिम्रो आतंकले संसारभर
सन्नाटा छाएको छ
देश विदेश गाँउ शहर
पक्षघातको बिरामी जस्तै भएको छ।
धेरै मुलुकहरुले
आफ्ना अनमोल रत्नहरु गुमाएका छन्
त्यसैले ए कोरोना
तिम्रो उद्दन्डता देखेर सिङ्गो विश्वलाई
उदेक लागेको छ।

मायालु मनहरुमा त्रासको पर्खाल लागेको छ
मानव हृदय रोग, भोक र शोकले
विछिप्त बनेको छ
सम्वृद्धिका पानाहरु
मेटिने डर अनि
गरिबि र बेरोजगारिले
जरो गाढ्ने भय देखिन्छ।

सडक बन्द छ
मन्दिर मस्जिद अनि गुम्बा
सबै बन्द छन्
शहर बन्द र शान्त छ तर
मन आत्तिएको छ

‌अब त सडकमा पहिला जस्तै
मोटर गुडेको हेर्ने रहर छ
गल्लि गल्लिमा हुने भिड हेर्ने रहर छ
निदायको शहर होइन
ब्युँझिएको शहर हेर्ने रहर छ।
मन्दिरको ढोका खुलेको
दियो बलेको र घन्टा बजेको
हेर्ने रहर छ

त्यसैले कोरोना अब तिम्रो
विश्व यात्रा अन्त्य गरि
सन्सारलाई तिमीबाट मुक्ति देऊ।।

खगप्रसाद ढुंगाना
चुलाचुली गा.पा.- इलाम।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button