कला साहित्य

अविरल रहोस जीवन, सुमधुर होस सम्बन्ध..

अविरल बग्छ सेती नदी
हरपल– हरपल निरन्तर
बगिरहेछ सुस्तरी गुनगुनाउँदै
नागवेली– नागवेली भई ।
बेसी, फाँट, खेत र गराहरुका
सुन्दर दृश्यहरु
कान्ला, पाखा र गौचरनका क्षेत्रहरुमा
रमाएका दृश्यहरु सम्झदै ।

एकान्त त्यो रातमा
आफु हराएर,
जूनतिर फर्केर
चेतको ढोका,झ्यालहरुमा टाउको राखेर
लामो श्वास फेर्दै
भाइबहिनी के गर्दै होलान् ?

पुन:एकपटक आकाशतिर हेर्दै
अध्यारो छामेर
हिड्ने तरखरमा
बडेमानको पहाड पर्वतलाई
कुहिरोले ढाक्यो उत्तिनै खेर
बादल बदलिएर रुझायो
चटयाङ्चुटुङ्ले सात्तो लियो
असिनाले बेस्मारी झम्टियो
आधीहुरीले तागत देखायो ।

खोला उर्लिएर पाखापखेरा बडाल्दै
भौतारिदै बाटो विहीन बटुवा झैं
दिशा विहीन दगुर्दै
सनसनी फैलियो गाउ“सम्मै
शरीरमा भूईचालो गए झैं
काप्छ मुटु थरथर ।

निथ्रुक्क शरीरमा
बस्त्रले लिपेर
शरीर कापेर
खोजिरहेछ न्यानो काख
आमाबुबाबाट टाढा भई
भाइबहिनीको अभिभावक बनी
लिएर काँधमा जिम्मेवारी ।

आफ्नो जिम्मेवारी
भाइबहिनीको भविष्य
बाटो अल्मलिएको बाटुवा झैं
आ“खा तिरमिराउन थाले
दबिएर आफु सहन नसकी
कर्कस स्वरमा आमा ?
चिच्याई ओछ्यानमा ।

राष्ट्रिय संग्रहालयमा सजाएका
सुन्दर कला झैं
हृदय सजाएर
आफ्नो खुसीको प्रवाह नगरी
भाइबहिनीप्रतिको स्नेह र मायालाई संगाली
शान्तिगामी बादल, स्वार्णीम बन्ने
कालो पाटीमा सेतो चकले कोरी
अन्धकारलाई नष्ट गर्न सिकाउने
घामपानी, आगोको लप्कोसंग जुध्दै
संघर्षको बाटो देखाउने दाजुलाई
जन्मदिनको धेरै धेरै शुभकामना ।

निर्मला गौतम
फेदाप २, तेह्रथुम

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button