कला साहित्य

भोकको स्वाद कस्तो हुन्छ?

भोकको स्वाद कस्तो हुन्छ
मालिक तपाई लाइ थाह छ ?
होइन–होइन मैले परलोक सुर्धान
गर्ने उपवासको कुरा गरेकाे होइन ।

पेट बाउँडिदा को दुखाइ कस्तो हुन्छ
मालिक तपाई लाई थाह छ ?
रामदेवको कपालभाती गर्दाको
अनुभव मैले सोधेको होइन ।

केही दिन खाली पेट बसेपछी
आउने उल्टीको रंग कस्तो हुन्छ
ख्वामित तपार्ई लाई थाह छ ?
मैले डिटस्क ड्रिकंको कुरा गरेको होइन ।

आफ्नो वरिपरी खानाको रासले घेरिएर पनि
आफु भोकै बस्नुको लाचारी कस्तो हुन्छ
प्रभु तपाई लाई थाह छ ?
मैले डाइबेटिज रोग लाग्दा गर्ने
पथपरेजको कुरा गरेको होइन ।

यि सब कुरा सरकार तिमी लाई थाह छैन भने
तिम्रै अगाडी रहेको टेबलमा
कतै दबएिर बसेको
सुर्य बहादुर तामांग वा मलर सदाको
पोस्टर्माटम रिपोर्ट खोलेर हेर ।
सरकार तिम्रो बैभवशाली राम राज्यका
रैतीहरू भोकै छन् !!!

केदार सिटौला
धरान।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button