खेलकुद

सीपीएलमा आज सन्दीपआबद्ध टिम जमैका बार्बाडोससँग भिड्दै

काठमाडौं : सीपीएल अन्तर्गत आज हुने दोश्रो खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले बार्बाडोस ट्रिडेन्ट्ससँग भिड्दै छ । खेल मध्यराति १२ बजे बाट सुरु हुने छ । सन्दीप आवद्ध टीम जमैकाले दुई खेल अगाडि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

बार्बाडोस् भने लिगबाट बाहिरिसकेको छ । गुएना अमाजोन वारिवर्ससँग स्तब्ध हुँदै लिगबाट बाहिरिसकेको बार्बाडोस आज जमैका विरुद्ध प्रतियोगितामा आफ्नो अन्तिम खेल खेल्दैछ ।

टिम जमैकाले आठ खेलबाट तीन जित र एक बराबरीले गर्दा सात अंक जोड्न सफल भएको छ भने बार्बाडोसले नौ खेलबाट चार अंक जोडेको छ ।

प्रतियोगिता मा बलियो मानिने ट्रिनबागो नाइट राइडर अंक ताकिकाको पहिलो स्थानमा छ । टिम नाइट राइडर्सले आठ खेलबाट १६ अंक जोडेको छ भने अंक तालिकाको दोश्रो स्थान बनाएको गुएनाले दश खेलबाट १२ अंक जोडेको छ ।

त्यस्तै, सेन्ट लुसियाले आठ खेलबाट १० अंक जोडी अंक तालिकाको तेस्रो स्थानमा छ भने अन्तिम स्थानमा रहेको सेन्ट किट्स एण्डा नाभिस पेट्रोइट्सले ९ खेलबाट तीन अंक जोडेको छ । 

यस्तै, आजको पहिलो खेलमा ट्रिबागो नाइट राइडर्स र सेन्ट लुसिया खेल्नेछन् । खेल नेपाली समयअनुसार साख पौने आठ बजे सुरु हुनेछ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button