खेलकुद

पोर्चुगलको शानदार जित, क्रोसिया ४-१ गोल अन्तर्गतले पराजित

काठमाडौं : युइएफए नेसन्स कप अन्तर्गत पोर्चुगलले क्रोसिया विरुद्धको खेलमा शानदार जित निकालेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो जितको सुरुवात गरेको हो ।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलले खेलमा शानदार जित निकाल्न सफल भयो । पोर्चुगलका लागि जोअओ कान्सेलो, डिओगो जोटा, जोआओ फेलिक्स र आन्द्रे सिल्भाले समान एक एक गोलको योगदान गरे । त्यस्तै क्रोसियाको लागि ब्रुनो पेटकोभिकले एक गोल फर्काएका थिए ।

यस खेलमा इन्जुरीका कारण रोनाल्डो खेलेका थिएनन् । आफ्नो अन्तर्राष्ट्रिय सय गोलबाट एक गोल टाढा रहेका रोनाल्डोले अर्को खेल खेल्न सक्ने बताइएको छ ।

नेसन्स कप अन्तर्गत पोर्चुगलले अब मंगलबार स्विडेनसँग खेल्ने छ भने क्रोसियाले फ्रान्ससँग खेल्ने छ ।   

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button