खेलकुद

सीपीएलमा जमैका ७ विकेटले पराजित, सन्दीपले लिए होल्डरको विकेट

काठमाडौं : क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तलावाजले प्रतियोगितामा आफ्नो पाँचौ हार बेहोर्नु परेको छ । नेपाली लेग स्पिनर सन्दीप लामीछाने आबद्ध टिम जमैकालाई शनिबार राति भएको खेलमा बार्बाडोस ट्रिडेन्सले ७ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा चार विकेटको क्षतिमा १६१ रन जोड्न सफल भयो । जमैकाका लागि जर्मिन ब्ल्याकउडले ५९ बलमा ७४ रन जोडे भने आन्द्रे रसेलले २८ बलमा ५४ रनको योगदान दिए ।

१६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले खेलको १८.२ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पार गर्यो । बार्बाडोसका लागि कप्तान जासन होल्डरले ४२ बलमा ६९ रनको योगदान दिए ।

मैदानमा जमिसकेका जासन होल्डरलाई जमैकाका नेपाली स्पिनर सन्दीप लामिछानेले एलबिडब्लू पारिदिए । सन्दीपले खेलमा ४ ओभरमा २६ रन खर्चिदै १ विकेट लिन सफल भए । सन्दीपले सिपिएलका नौ खेलमा अहिलेसम्म ११ विकेट लिइसकेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button