कला साहित्य

वर्तमान परिपेक्ष – युवा सम्भावना र चुनौति  

सुशील सुवेदी : कुनै पनि देशको आर्थिक राजनैतिक र सामाजिक परिवर्तन संवाहक भनेको युवा शक्ति हो । १६ देखि ४० बर्षसम्मको उमेरसमुहलाइ युवा अवस्था मानिन्छ । नेपालको जनसंख्या १६ देखि ४० बर्ष को उमेर समुहलाइ हेर्दा यी कुल जनसंख्याको ४०.३५% हुन आउँछ । युवा राज्यको शक्ति हो ।

नेपालमा युवा शक्ति को सङ्ख्यात्मक तथ्याङ्क निकायका लागि वरदान भए पनि यो शक्तिलाइ गुणात्मक रुपमा परिचालन भने गर्न सकिएको छैन । विश्व  युवा विकास सुचाङ्कमा नेपाल १४५ औं स्थानमा छ । जुन दक्षिण एसियामा कमजोर अवस्थामा छ । नेपालमा बढ्दो शिक्षित बेरोजगारी नै बौद्धिक पलाएनको प्रमुख कारण बनेको छ । गाई हरियो घाँस जहाँ देख्छ त्यही चर्न जान्छ भनेझै बिश्वब्यापीकरणले खुल्ल गरेको रोजगारिको बिश्व बजारमा जहाँ सम्भावना र सुरक्षित भविस्य देख्छन युवापिडी त्यतै पलायन हुनु स्वभाविक पनि हो । यो कोरोना महामारी हुनु अघि दैनिक पन्ध्र सय को हारहारिमा युवा रोजगारी कै शिलशिलामा बिदेशिने गरेका छन् ।

 नेपालमा युवाहरुको मुख्य समस्या भनेको बड्दो बेरोजगारी , बेरोजगारिले निम्त्याएको दुर्व्यसनि लहर, सामाजिक संजाल वा साईवर अपराधमा  सम्लग्ङ, राजनैतिक अस्थिरता , देशको  नेतृत्व गर्ने नेताहरू प्रतिको अविश्वास , नेतृत्व तहमा  युवा  सम्लग्न नहुनु कमै युवाले  राजनैनिक , सामाजिक अभियानताको भुमिका पाउनु , युवा परिचालन योजना विहिन हुनु ,खेलकुदमा राज्यको  लगानि कम , व्यवहारिक शिक्षा र श्रमको सम्मान गर्ने सस्कारको विकास  नै  नहुनु हो । सरकारले युवाहरुलाइ लक्षित  गरि  रोजगारका कार्यक्रम नल्याउनुकै कारण  आज  देशका ४३ लाख  युवा  विदेशिएका  छन् । कयौं  दक्ष र  शिक्षित युवा  विदेशिएका  छन  किनकि उनीहरुको उचित  प्रबन्ध  देशले  मिलाउन  सकेन ।

नेपालको  अर्थतन्त्रलाइ भुकम्प , नाकाबन्दी र  अहिले  माहामारिको  रुपमा  फैलिएको  कोरोना  भाइरसले थिलोथिलो बनाएको छ । यस्तो अवस्थामा हतोत्साहि  नभइकन युवा पंक्तिलाइ परिचालन गर्ने समय  आएको  छ । वर्तमान समयलाई नियाल्दा आज  विश्व कोरोना भाइरसले ग्रस्त छ  विश्वका  सबै देशको अर्थतन्त्र भताभुङ्ग भएको छ । सबै  देशमा बेरोजगारिको  समस्या ले  पिल्सिएको छ । यो  अवस्थामा देशले निर्माण गर्ने  अर्थनीति यहि  किसिमको  हुनुपर्छ जसले वर्तमान समस्यालाइ  हल  गर्न   सकोस् । कोरोनाले  गर्दा  हजारौं युवा विदेशी भुमिमा मृत्युको सिकार  बन्न  पुगेका  छन् भने  लाखौ युवाले  रोजगारि  गुमाएका छन् ।

ति  लाखौं युवा नेपालमा प्रवेश गर्ने तयारिमा  छन्, ती  युवा  देशमा  नै  केही  गर्ने सोचमा छन तर ती  युवाहरुलाई रोजगारिको अवसर, नेपालमा  नै  लगानि एवम्  काम गर्ने वातावरण निर्माण गर्न सक्नुपर्छ । यदि सकिएन भने फेरि  पनि ती  लाखौ युवा  विदेशिनु  पर्ने बाध्यता आउनेछ । नेपालमा  युवामैत्रि लगानी गर्ने वातावरणको अभाव छ । वर्तमान समयमा कयौं  युवाहरु  विदेशमा  भोकै  मर्नुपर्ने स्थितिमा छन् । तर ती  युवाहरुप्रती सरकारको कुनै पनि भुमिका नै  नभएको जस्तो  व्यवहार  गरिरहेको छ ।

युवा राज्यको शक्ति हो । हाम्रो देशका युवाहरु अरबमा पसिना बेच्दैछन्, कोही अमेरिका युरोपमा स्थायी रुपमा  बसोबासको  निम्ति  कागजपत्र मिलाउदै छन्, विभिन्न म्यानपावर कम्पनिमा गुइचो  छ , कोही भाषा  सिकेर विदेश जाने  तर्खरमा छन् । केही  युवा  मात्रै  राष्ट्र निमाणमा आफ्नो उर्जाशिल समय  लगाइरहेका छन । अहिलेका  युवाको  मानसिकता मा नै विदेश भन्ने छ । हरेक  हरेक  युवालाई  सोध्नु    आगामि  सोच  के  छ  भनेर कोहि  पनि  युवाको  मुखबाट  राष्ट्र निर्माण कार्य , देश विकाशमा या  देशमा मा नै  केही  गर्छु भन्ने  प्रतिउत्तर आउदैन । कम मात्रै  युवा  छन  जो  आफ्नो अमुल्य समय देश  निर्माण कार्यमा लागेका  छन् ।

देशमै  केही  गर्नु  पर्छ भन्ने  हो  भने  पनि आवश्यक मात्रामा त्यो  वातावरण देशले   निर्माण   गर्न   सकेको छैन न त देशमा रहेका अवसरहरु युवाले चिन्न नै सकेका छन् । देशमा नै  केही  गरेका  कयौ  उदाहरण छन्  जुन  युवक  सफल  पनि  भएका  छन् मैले देखेका  केहि  सफल युवाको  म  उदाहरण दिन  चाहे । मेरो घर  नजिक  तारा प्रसाद शर्मा   एकजना युवा हुनुहुन्छ  , उहाले ३बर्ष अघिदेखि १२ लाखको  लागानिमा मौरिपालन  व्यवसाय  संचालन गर्दै आउनु भएको छ ।  उहाले  अहिले वार्षिक ८ लाख  आम्दानी गर्नु हुन्छ  ।  घरगाउमा नै बसेर  यस्ता  सफल  व्यवसायीका हजारौं   उदाहरण छन्  जसले  देशमा केही  गर्ने उर्जा दिन्छ ।  

देशमा केही गर्ने हो  भने सम्भावना त  धेरै  छन् तर  सरकारले बजारको व्यवस्थापन ,  उपयुक्त  लागानि निती , उपयुक्त वातावरण सिर्जना गर्ने  सके  देशले आर्थिक फट्को मार्न भने  पक्कै समय  लाग्दैन । लोकतान्त्रिक , सङघिय शासनप्रणालि  र  विकासमा  सार्थक सहभागिताको सम्भावना छ । आज  देशमा कृषि क्षेत्रमा ठूलो  सम्भावना छ, विश्वमा धेरैजसो जडिबुटी पाइने देश  नै  नेपाल हो । पर्यटकिय  हिसाबले  धनी  मानिने देशमा पर्यटनका पर्चुर सम्भावना रहेको छ । गुणस्तरीय र व्यवसायिक शिक्षाको विकासले उध्मसिलता र सेवा क्षेत्रको विकास भइ सृजना हुने गुणस्तरीय रोजगारिका अवसर छन् । देशमा सम्भावना का  ढोका धेरै छन्  जसको हामिले पहिचान गर्न गारो भो ।   देशमा सम्भावना नै  नभएको त  हैन । यो  देशलाई  बदल्ने  क्षमता हामी सङ्ग छ । देशमा नै  युवालाइ  केही गर्नु  पर्छ भन्ने  हौसला र  वातावरण सिर्जना गर्ने हामी  लाग्नु  पर्दछ । आवश्यक परेको  खण्डमा सरकारलाइ  खवरदारि  पनि  गर्नु पर्छ । यो  लेख  लेख्दै  गर्दा मलाइ केही   कुराहरु याद आए ! कुनै  समय  

एक बुढो बुवा ले सोध्नु भयो , “बाबू किन विदेश नगएको ?” म पनि मुस्कुराउदै भनिदिए, “जसको काधमा  परिवार को मात्र जिम्मेवारी थियो उनी विदेश पसे बुवा , मेरो काधमा  त यो  गाउँ  समाज अनि  देश नै बनाउने जिम्मेवारी  छ नि ।”

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button