प्रदेश १

पहिरोले पावर हाऊस बगाऊँदा दूईजनाको मृत्यु

काठमाडौं :  ताप्लेजुङ सिरिजंघा गाउँपालिका–४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ।  मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन। 

गएराति परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवन समेत माथिबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अपरेटरको काम गर्दै आएका थिए। पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउँदा उनिहरुको पनि पुरिएर मृत्यु भएको हो।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button