कर्णाली प्रदेश

डोल्पामा जीप दुर्घटना हुँदा पाँच जना घाइते, ३ जनाको अवस्था गम्भीर

डोल्पा : डोल्पामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्‌ भने तीन जनाको अवस्था गम्भीर छ । 

पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्गतर्फ जाने क्रममा त्रिपुरासुन्दरी नगरपालिका-६ मा पर्ने रुखबाडामा आज बिहान साढे १० बजेतिर लु १ ज ४२२९ नं को जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जीपमा सवार सबै पाँच जना घाइते भएका छन्‌ भने तीन जनाको अवस्था गम्भीर रहेको छ । ​घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका-५ बस्ने २४ वर्षीय सवारी चालक रामबहादुर रोकाया, सोही स्थानका वर्ष २५ का सवारी धनी नरबहादुर रोकाया, वडा नं ६ बस्ने लोकचन्द्र विक, सोही ठेगानाका वर्ष २६ की हिरा बिक र वर्ष २५ कि मीना पुन रहेका छन्‌ ।

चालक रामबहादुर रोकाया, सवारी धनी नरलाल रोकाया र लोकचन्द्र विकको हातखुट्टा भाँचिनुका साथै छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ । अन्य दुई जनाको अवस्था मध्यम रहेको र घाइते हीरा विक गर्भवती समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पातर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि जिल्ला बाहिर लैजान हेलिकप्टर झिकाउने पहल भइरहेको वडा नं ६ का अध्यक्ष धर्मजीत रोकायाले जानकारी दिएका छन्‌ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button