सुदुरपश्चिम प्रदेश

कञ्चनपुरमा अबैध हतियारसहित एक युवा पक्राउ

कञ्चनपुर : अबैध हतियारसहित कञ्चनपुरमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका -१० भुडाका २४ वर्षीय खुसीराम चौधरीलाई १ थान कटुवा पेस्तोल र सोको २ थान गोली सहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडाले पक्राउ गरेको हो ।

उनलाई हतियारसहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय बेलडाँडी बुझाइएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कंचनपुर ल्याइने प्रहरी नायव उपरीक्षक थापले जानकारी दिए ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button