विशेष

तेलुगू फिल्म उद्योगका चर्चित कलाकार रेड्डीको निधन

काठमाडौं : साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन भएको छ।

रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

जयप्रकाश रेड्डीले फिल्म ‘ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए। त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए । रेड्डीले सयभन्दा बढी फिल्ममा काम गरेका छन् ।

रेड्डीले प्रेमिचुकुंदम रा, गब्बर सिंह, चेन्नाकेशवारेड्डी, सीथाया र टेम्पर जस्ता लोकप्रिय फिल्ममा यादगार भूमिका निभाएका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button