खेलकुद

सीपीएलको सेमिफाइनलमा सन्दीप आबद्ध टिम जमैका आज नाइट राइडर्ससँग भिड्दै

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली स्टार स्पिनर सन्दीप लामिछानेआबद्ध जमैका तालावाजले आज पहिलो सेमिफाइनल ट्रिन्बागो नाइट राइडर्ससंग भिड्दै छ ।

खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। लिग चरणमा नाइट राइडर्सले कुनै पनि खेल नहारी शीर्षस्थानका साथ सेमीफाइनलमा पुगेको हो । तालावाज भने १० खेलमा ६ हार, तीन जित र एकमा बराबरीको साथ सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाली स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । उनले १० खेलमा ९ ओटा खेलमा बलिङ गर्दै १२ विकेट लिन सफल भएका छन् भने १ खेलमा बर्षाका कारणले खेल रोकिँदा बलिङ गर्ने अवसर पाएका थिएनन् । उनको इकोनोमी रेटले क्रिकेट प्रेमीहरु अत्यन्तै प्रभावित परेका छन् । उनको प्रतियोगितामा ५.०५ को इकोनोमी रेट रहेको छ भने बढी विकेट लिने खेलाडीको सूचीमा पाँचौ स्थानमा छन् । उनकै टिमका अफगानिस्तानका स्पिनर मुजिब उर रहमान र साउथ अफ्रिकन स्पिनर इमरान ताहिर समान १५ विकेटका साथ सर्बाधिक विकेट लिने सूचीको पहिलो र दोस्रो स्थानमा छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button