व्यक्ति बिशेष

लेखक तथा निर्देशक छेतेन गुरुङको निधन

काठमाडौं : चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । काठमाडाैंको मेट्रो अस्पतालमा उपचारका क्रममा उनको गएराति निधन भएको अस्पतालले जनाएको छ ।

कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिनअघि अस्पताल भर्ना गरिएको थियो। गुरुङले चलचित्र “नोभेम्बर रेन”, “क्लासिक”“ए मेरो हजुर-३” को स्क्रिप्ट लेखेका थिए ।

उनले निर्देशन गरेको चलचित्र “डमरुको डण्डिबियो” प्रदर्शन भइसकेको छ भने चलचित्र “प्रेमगीत-३” प्रदर्शन हुन बाँकी छ । गत चैत्रमा प्रदर्शन हुन तय भएको चलचित्र “प्रेमगीत-३” कोरोनाभाइरस फैलन नदिनको लागि गरिएको बन्दाबन्दीले स्थगित भएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button