घनश्याम भुसालको आरोप: नेताले बिहानदेखि बेलुकासम्म सय दलाल भेट्छन

जागरणपोस्ट २२ बैशाख २०७६, आईतवार १४:५१

काठमाडौं : नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी नेताले दैनिक सय दलालसँग भेट गर्ने गरेको बताएका लगाएका छन्।

आइबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता भुसालले बिहान उठेदेखि राति नसुतेसम्म नेताले दलाल भेट्ने गरेको बताएका हुन्।

‘हाम्रा नेताका दिनमा सयजना जति दलालसँग भेट हुन्छ जस्तो लाग्छ। कुन व्यापारी, तस्करको पक्षमा तपाईं हुनुहुन्छ भनेर सैद्धान्तिक बहस पार्टीभित्रै चल्न थालेको छ’, भुसालले भने, ‘कानुन ठिक गर्न अदालतमा आफ्नो खल्तीको न्यायाधीश पठाउने, कर हाकिम, अख्तियारमा लोकमान वा अर्को कोही मान्छे चाहिन्छ। यसरी हेर्दा बिहानदेखि रातिसम्म नेताको दलालै दलालसँग भेटहुन्छ।’

नेता भुसालले यसरी पार्टी, अदालत, अख्तियार, खास बेलामा काँध थाप्ने मिडिया र सुरक्षा निकायसम्मको गठबन्धन हुने आरोप लगाए। ‘यो दलाल पुँजीवादी गठबन्धन हो’, उनले भने, ‘छिसिक्क आँखा झिम्क्याएपछि, होस् गोमाएपछि कसरी समृद्धि हुन्छ ? दन्त्य कथाको किचकन्याले गरेको जस्तो।’

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले म पनि भ्रष्टाचार गर्दिन र अरुलाई गर्न पनि गर्न दिन्न भनेर बारम्बार भन्ने गरेको अभिव्यक्तिप्रति चर्को व्यङ्ग्य गरे।

‘बासुकी नागको फोटो टाँसेर म सर्पबाट सुरक्षित भएँ भनेजस्तो हो यो ?’, उनले प्रश्न गरे, ‘म भ्रष्टाचार गर्दिन भन्ने नारा राम्रो हो। तर, तल के भइरहेको छ भन्ने कुरा हेर्नु पर्दैन ?’

त्यसैगरी भुसालले पहिला राजा र पञ्चले खाएजस्तै अहिले नेकपाले खान लागेको हो भन्दै उल्टै प्रश्न गरे। ‘हिजो राजाले खाए, पञ्चले खायो हामीले नै भन्दै आयौँ’, उनले भने, ‘के अहिले नेकपाले खान लागेको हो ?’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६