प्रदेश १

भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

भोजपुर : आफ्नै भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरके देवरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरि हत्या गरेको अभियोगमा पक्राउ गरीएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दका अनुसार गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरी हत्या गरेका हुन् ।

अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button