सुदुरपश्चिम प्रदेश

करेन्ट लाग्दा धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारीको मृत्यु

धनगढी : धनगढी उप-महानगरपालिकामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।

धनगढी उप-महानगरपालीका-६ को शिवनगरमा रहेको विद्युत सर्भिस पोलमा राखिएको बत्तीको बल्ब जोडेर पोलबाट झरेर भर्याङ निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँका ३२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले करेन्ट लागेर घाईते भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

यस्तै करेन्ट लागेर सोही ठाउँका २२ वर्षीय खेमराज दाहाल पनि घाइते भएका छन् । उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button