सुदुरपश्चिम प्रदेश

चोरी अभियोगमा पक्राउ परेका युवकले हिरासतको शौचालयमा गरे आत्महत्या

कैलाली : चोरी अभियोगमा पक्राउ परेका एक जनाले हिरासतको शौचालयमा झुन्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा धनगढी उपमहानगरपालिका –१ का १९ वर्षीय रोशन विक झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले भने विकले आत्महत्या गरेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले आत्महत्या गरेको बताए । विकलाई भदौ २२ गते चोरीको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button