व्यक्ति बिशेष

प्रधानमन्त्री ओलीद्वारा भद्रकलीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लीलबहादुर थापाकी ८८ वर्षीया आमा भ्रदकलीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

उनको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो। प्रधानमन्त्री ओलीले थापाकी दिवङ्गत आमाप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकूल परिवार, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मातृवियोगबाट मर्माहत परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्नेसमेत कामना गरेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button