प्रदेश १

छात्रालाई जबरजस्ती करणी अभियोगमा प्रिन्सिपल पक्राउ

ताप्लेजुङ : आफ्नै विद्यालयकी छात्राबासकी छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

विद्यालयकै छात्रावासमा बस्ने चौध वर्षीया छात्राले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जाहेरी दिएकी थिइन् । यही जाहेरीका आधारमा सुब्बालाई पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक प्रवक्ता रोमनराज अर्यालले बताए ।

छात्राले दिएको जाहेरीमा गृहकार्य सिकाउने क्रममा सुब्बाले १५ दिन अघिदेखि अनैतिक व्यवहार गरेको र २० गते जबरजस्ती करणी गरेको उल्लेख छ । छात्राको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

छात्रा कक्षा ७ मा अध्ययनरत थिइन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button