प्रदेश ५

बुटवलमा टिप्परको ठक्करबाट प्रहरी जवानको मृत्यु

बुटवल : बुटवलमा टिपरको ठक्कर बाट एक प्रहरी जवानको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना नजिकै टिपरले प्रहरीलाई ठक्कर दिएको हो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत् प्रहरी जवान अमित श्रेष्ठको दुर्घटनामा ज्यान गएको हो । सोही घटनामा अर्का एक जना प्रहरी जवान घाइते छन् । 

जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत् प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु१ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार टिपरले उनीहरू सवार स्कुटरसहित दुवै जनालाई करिब ५० मिटर परसम्म लतारेको थियो ।

टिपरको ठक्करबाट दाहिने खुट्टा चुँडिएका श्रेष्ठको संबेदनशील अंगमा समेत गम्भीर चोट लागेको र उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा  ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा घाइते प्रहरी जवान सन्तोषी थारुको दाहिने हात भाँचिएको र सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा संलग्न टिपर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने घटनास्थलबाटै फरार रहेको प्रहरीले बताएको छ

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button