व्यक्ति बिशेष

भारतका संघीय गृहमन्त्री शाह अस्पताल भर्ना

काठमाडौं : भारतका संघीय गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

 गत २ अगस्टमा शाहलाई कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो । त्यसपछि कोभिड-१९ रिपोर्ट नेगेटिभ आएसँगै उनलाई १४ अगस्टमा डिस्चार्ज गरिएको थियो । 

त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका गृहमन्त्री शाह अन्तिम परीक्षणका लागि अहिले फेरि अस्पताल भर्ना भएका हुन् । संसदको नयाँ अधिवेशन शुरू हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको हो । 

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button