प्रदेश ५

नेपालगञ्जमा ससुराको कुटपिटबाट ज्वाइँको मृत्यु

नेपालगञ्ज : नेपालगञ्जमा माइतीमा रहेकी श्रीमती लिन गएका ज्वाईको ससुरालीको कुटपिटबाट ज्यान गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको ससुरालीमै कुटपिटबाट ज्यान गएको प्रहरीले जानकारी दिएको छ । श्रीमती लिन ससुराली गएका रैदास ससुराको कुटपिटबाट गम्भीर घाइते भएका थिए ।

उनको उपचारमा क्रममा ज्यान गएको बाँके प्रहरीले जानकारी दिएको छ । ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते उनको नर्सिंङ होम नेपालगञ्जमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

ज्वाइको हत्या अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका–२० नटनपुरुवाका नरेश चमारलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button