प्रदेश ५

रेड पाण्डाको छालासहित बाँकेमा ४ जना पक्राउ

बाँके : बाँकेबाट रेडपाण्डाको छालासहित ४ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बैजनाथगाउँपालिका-१ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट आइतबार बिहान १ थान रेडपाण्डाको छालासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा नगरपालिका-१२ छिन्चु बस्ने ३६ वर्षीय देवबहादुर बाठासहित ४ जना रहेका छन् ।

उक्त रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बाँकेबाट खटिएको प्रहरीको टोलीले रेडपाण्डाको छालासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरेकाे र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button