प्रदेश १

विराटनगरका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

धरान : विराटनगरका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत विराटनगर–१२ का ७० वर्षीय पुरुषको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो ।

उनमा ज्वरो, खोकी र श्वासप्रस्वासकाे समस्या देखिएको तथा उनी उच्च रक्तचापका विरामी रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

उनमा प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा भदौ १६ गते कोरोना पुष्टि भएको थियो । भदाै १७ गते उनलाई प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button