खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी दुर्घटनामा परी गम्भीर घाइते

कञ्चनपुर : राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनी आइतबार बेलुकी गृह जिल्ला कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका हुन् । 

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले खेलाडी भन्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि उनीसँगै मोटरसाइकलमा सवार उनका भाइ नाता पर्ने बर्ष २४ का करन ठगुन्ना पनि घाइते भएका छन् । खेलाडी भन्डारीको भने अवस्था चिन्ताजनक रहेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार घाइतेको झलारी स्थित शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले ठक्कर दिएको ट्रक अहिले प्रहरी नियन्त्रणमा भएपनि ट्रकका चालक फरार रहेको जानकारी दिए ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button