मुख्य समाचार

कोरोना कहर- बिदेशमा मात्रै २ सय ४३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु

काठमाण्डौ– विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट विदेशमा रहेका दुई सय ४३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत एक सातामा मात्रै विभिन्न मुलुकमा ४३ जना नेपालीको निधन भएको छ । एनआरएनएका अनुसार १६ देशमा नेपाली नागरिकको कोरोनाका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका हुन् ।

विदेशमा रहेका नेपालीमध्ये सबैभन्दा बढी ६९ जनाको बेलायतमा निधन भएको छ । साउदी अरेबियामा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको एनआरएनएले जानकारी दिएको छ । त्यस्तै, युएईमा ३७ र भारतमा ३२ नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, भारत, कतार र साउदी अरेबियालगायतका देशमा कोरोना संक्रमणदर वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका ३७ हजार ६ सय ४७ नेपाली कोरोना भाइरसबाट संक्रमित भएको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button