विशेष

आज अन्तर्राष्ट्रिय बाल दिवस, बाल दिवस मनाऊनुको सार्थकता र महत्त्व

बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई ‘बाल दिवस’ [Children’s Day] भनिन्छ। यो दिवस भदौ महिनाको २९ गते मनाइन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाईने गरिन्थ्यो भने हाल भाद्र २९ मा मनाईन्छ।

राष्ट्रिय बाल दिवसको प्रारम्भ
विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । ४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रूपमा देशले ४२ वटा बालदिवस मनायो । लोकतन्त्रको स्थापनापश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन गर् यो ।

मिति परिवर्तनको कारणसार्थकता
बालदिवस कस्तो हुनुपर्दछ त वा भनौं बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रूपमा उठिरहेको विषय हो । तर पनि हामीले बालदिवसलाई बेसी औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्त्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसङ्ख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रूपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । कुनै पनि दिवस आफैमा एउटा परम्पराको रूपमा पनि लिन सकिन्छ । तर त्यसमा अहिलेको परिवर्तन र नयाँ नेपालको दृष्टिकोणका त्यसलाई पुनर्परिभाषित गरिनुपर्दछ । तिनीहरूको पुनर्ब्याख्या गरिनुपर्दछ । नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको विषयमा के कस्ता राम्रा काम गर्यौं कति उपलब्धी प्राप्त गर्यौं कति चुनौतीहरू आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरूको समीक्षा हुनु पनि जरुरी छ । अहिलेको सन्दर्भमा बालसहभागितोको कुरा गरिराखेको छौं । ती कुराहरू सहज र सरल भाषामा उनीहरूबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो प्रक्रिया के हो र उनीहरूलाई त्यो त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य रहेको छ । जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन । यसका लागि केन्द्र देखी स्थानिय तह सम्मका यस क्षेत्रमा क्रियाशिल बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू सरकारका विभिन्न निकायहरू मन्त्रालय केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button