अर्थ बजार

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : सुनको भाउ सोमबार प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज बढेर तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button