प्रदेश २

सिराहाकी ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

जनकपुरधाम : सिराहाकी एकजना कोरोना संक्रमित महिलाको जनकपुरधाममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुर निवासी ३५ वर्षीया महिला रहेकी छन् ।

ज्वरोसँगै साँस फेर्न कठिनाई भएकी महिलालाई चार दिनअघि जनकपुरधामस्थित काव्य हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना गरेकै समयमा स्वाब संकलन गर्दा आइतबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई आईसीयुमा राखेर उपचार गरिरहेकै समयमा आइतबार साँझ उनको मृत्यु भएको धनुषाका कोभिड-१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार ती महिलामा निमोनिया देखिएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button