व्यक्ति बिशेष

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

काठमाडौं : नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याप्टेन लामाले आफू कोरोना भाइरसबाट संक्रमित भएको सार्वजनिक रुपमै बताएका छन् ।

उनीसँगै शान्ति सैनिकको टोलीलाई सुडान पु‍र्याएर फर्किएका अर्को एक क्याप्टेनलाई पनि कोरोना पुष्टि भएको छ। उनीहरुले आइतबार स्वाब दिएका थिए । अहिले उनीहरु सोल्टी होटलमा आइसोलेसनमा बसेका छन्।

उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button