स्वास्थ्य

नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृत्युमा यो अहिलेसम्मकै धेरै संख्या हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । याेसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६० पुगेकाे छ ।

त्यस्तै, नेपालमा हिजाे देशभर ९ जना र अस्ति शनिबार १४ जना संक्रमितको मृत्यु भएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button