विशेष

क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं : मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारीको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनलाई सोमबार बाँकेबाट काठमाडौं ल्याइ टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको छn। सोमबार बेलुकी नेपालगञ्ज मेडिकल कलेजबाट सिम्रिक एयरबाट उनलाई काठमाडौं ल्याइएको हो ।

भण्डारी आइतबार बेलुका कञ्चनपुरको झलारी बजारमा दुर्घटनामा परेका थिए । उनी सवार मोटरसाइकल ट्रकसँग ठोकिँदा दुर्घटना भएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button