कला साहित्य

साहित्यकार गीता भट्टराईले गरिन आत्महत्या

इटहरी– कवि, गीतकार तथा गायिका गीता भट्टराईले आत्महत्या गरेकी छिन् । इटहरी नगरपालिका ५, पचरुखी निवासी भट्टराईले आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्राप्त जानकारी अनुसार स्व. भट्टराइले घरमा एक्लै भएको समयमा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । साँझ पाँच बजेतिर परिवारका सदस्य घर छिर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

पछिल्लो समय कविता, गजल रचनाका साथै गायनमा समेत सक्रिय रहेकी स्व. भट्टराईले हिजोसम्म पनि आफ्नो फसबुकमा साहित्यिक सामाग्री प्रकाशित गरेकी थिइन् ।

स्व. भट्टराइको परिवारमा पति, एक छोरा र एक छोरी छन् ।

साहित्य कलामा लागेका स्रष्टाले आत्महत्या गर्नुलाइ विरलै घटना मानिन्छ । यद्यपि चर्चित हास्यव्यड्यकार भैरव रिसाल,  कवि नकुल सिलवाल जस्ता केही स्रष्टाले यसअघि आत्महत्या गरिसकेका छन् ।

सुदुरपूर्वकी स्रष्टा गीताले केही दिनअघि सुदुरपश्चिममा लाेकप्रिय देउडा गीत गाएर पश्चिम नेपालमा पनि लाेकप्रियता हासिल गरेकी थिइन्।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button