राजनीति

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई सरकारको प्रवक्ताको पनि जिम्मेवारी

काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी दिए । “यो अस्थायी प्रबन्ध हो । सञ्चारमन्त्री नियुक्त नहुँदासम्मका लागि प्रधानमन्त्रीले त्यसअनुसार प्रबन्ध गर्नुभएको हो,” उनले भने ।

प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको नभई तोकिएको जानकारी दियो । “मन्त्रिपरिषद् बैठकले निर्णय गरेर होइन, प्रधानमन्त्रीले तोक्नुभएको हो । यो सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त नगर्दासम्मका लागि हो,” प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

मन्त्रिपरिषद्‍ले यस सम्बन्धमा कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिएका थिए । गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधानअन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले सम्हालिरहेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button