प्रदेश २

बुवाद्वारा छोराको छुरा प्रहार गरि हत्या

पर्सा : घरायसी विवादका कारण पर्सामा बुवाले छोराको हत्या गरेका छन् ।

पर्साको पोखरिया नगरपालिका-६ श्रीसियाका स्थानिय ७० बर्षिय लक्ष्मी साह रौनियारले छुरा प्रहार गरि ३५ बर्षिय छोरा माधो साह रौनियारको हत्या गरेको प्रहरीले जनाएको छ ।

बुवा र छोराबीच विवादपछि बुवाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका माधोलाई उपचारको लागि वीरगन्ज ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक सिंहको भनाइ छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button