विश्व

पछिल्लो २४ घन्टामा भारतमा थपिए ८३ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा थप ८३ हजार ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कूल संक्रमितको संख्या ४९ लाख ३० हजार २ सय ३७ पुगेको छ । 

त्यस्तै, भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार ७ सय ७६ पुगेको छ ।

यस्तै, भारतमा हालसम्म ३८ लाख ५९ हजार ४ सय जना निको भइसकेका छन् भने ९ लाख ९० हजार ६१ जना सक्रिय संक्रमित छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button