अर्थ बजार

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं : मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले बढी तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेको हो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button