प्रदेश २

नारायणी अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको डुमरवाना-१४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् ।

उच्च ज्वरो, कडा निमोनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिए । सोही दिन ती महिलाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।

कडा निमोनिया र स्वासप्रस्वास समस्याका कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिए । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button