सुदुरपश्चिम प्रदेश

जबर्जस्ती करणी मुद्दाका फरार २ जना ६ वर्षपछि पक्राउ

कञ्चनपुर : सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका २ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

स्थानीय युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना वि.सं २०७१ फागुन महिनादेखि फरार रहेका थिए । कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई वि.सं २०७२ असार २८ गते जनही ११-११ वर्षको कैद सजाय तोकेको थियो । घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ । 

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button