समाज

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानले नै निरन्तरता पाउनुपर्छ – रवि लामिछाने

काठमाडौं : चर्चित सञ्चारकर्मी तथा सिधाकुरा जनतासँग कार्यक्रमका कार्यक्रम प्रस्तोता रवि लामिछानेले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नै निरन्तरता पाउनुपर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा स्टाटस लेख्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नै निरन्तरता पाउनुपर्ने र यो उनीप्रतिको विश्वास मात्र नभई आफ्नो माग पनि रहेको बताएका छन् ।

उनले लेखेका छन् , “कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ । यो मेरो विश्वास होइन, माग हो । यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ । तपाई शारीरिक, मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि मेरा लागि महा पाप हो । प्रिय कुलमान जी, टेलिभिजनमा तपाईंकालागि धेरै बोले, आवश्यक परे सडकबाट पनि बोल्न आतुर छु । लेकिन, किन्तु, But, परन्तु, तर… केहि होइन, Just कुलमान घिसिङ..”

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button