समाज

विद्युत प्राधिकरणका कर्मचारीद्वारा कुलमानको बिदाई

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको औपचारिक रुपमा बिदाइ गरिएको छ ।

चार वर्षे कार्यकाल पूरा गरेका उनलाई मंगलबार प्राधिकरणको कार्यालयमा औपचारिक बिदाइ गरिएको हो । चार वर्षे कार्यकाल पूरा गर्दै घिसिङ सोमबार पदमुक्त भएका थिए ।

वि.सं २०७३ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका उनको चार वर्षे कार्यकालमा लोडसेडिङको अन्त्य, निरन्तर घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफा र विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायतका काम भएका थिए ।

विदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहार दिएका थिए । 

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button