स्वास्थ्य

नेपालमा आज थपिए १ हजार ४ सय ५९ जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै मुलुकमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

त्यस्तै, आज थप १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ छ । त्यसमध्ये ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा र ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ वटा पीसीआर नमूना परीक्षण भएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button