स्वास्थ्य

नेपालमा आज ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुष गरि ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ८६ वर्षीया, सिराहकी ३५ वर्षीया, बाराकी ५५ वर्षीया र रुपन्देहीकी ६४ वर्षीया महिला रहेका छन् ।

त्यस्तै मृतकमध्ये काठमाडौंका ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय पुरुष रहेका छन् । त्यस्तै सर्लाहीका ६४ वर्षीय, मकवानपुरका ६१ वर्षीय, बाराका ५५ वर्षीय र कपिलवस्तुका ५८ वर्षीय पुरुषको पनि आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । 

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button