प्रदेश ३

आज उपत्यकामा थपिए ६ सय ७६ जना कोरोना संक्रमित

काठमाडौं : काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये काठमाण्डौका ५ सय ५५ जना, भक्तपुरका ८६ जना र ललितपुरका ३५ जना रहेका छन् ।

योसँगै काठमाण्डौ जिल्लामा मात्रै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १० हजार ५ सय ८३ जना पुगेको छ । यस्तै ललितपुरमा १२ सय २५ र भक्तपुरमा ११ सय १८ गरी काठमाण्डौ उपत्यकामा सङ्क्रमित हुनेको कुल सङ्ख्या १२ हजार ९ सय २६ जना पुगेको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button